ट्राफिक नियम नमान्ने २४ सय ८४ 'अटेरी' चालक कारबाहीमा

काठमाडौं: ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४८४ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले हिजो कारबाही गरेको छ। मापसे गरी सवारी चलाउने, फुटपाथमा पार्किङ गर्ने, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने लगायतका चालकहरूलाई कारबाही गरिएको हो।
जसमा फुटपाथमा पार्किङ गर्ने १७८ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, अवस्था ठीक नभएको सवारी चलाउने ११४ जना कारबाहीमा परेका छन्।
यस्तै हर्नको अनावश्यक प्रयोग गर्ने ७० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११० जना, सडक लेन उल्लङ्घन गर्ने ५२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ८४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २९ जना चालकहरू पनि कारबाहीमा परेका छन्।
असोज ४, २०७९ मंगलबार १०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।