चुनावी रणनीति र सिट बाँडफाँटमा अन्तिम टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

चुनावी रणनीति र सिट बाँडफाँटमा अन्तिम टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं: सिट बाँडफाँटको टुङ्गो लगाउन गठन गरिएको कार्यदलको बैठक आज पुनः बस्दैछ। आज सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सिट बाँडफाँटबारे अन्तिम टुङ्गो लगाइनेछ। यसअघि हिजो गठबन्धनले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको थियो।

आजको बैठकमा आगामी चुनावको रणनीतिको बारेमा पनि छलफल हुनेछ।

असोज ४, २०७९ मंगलबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।