पैदल हिँडिरहेकी कलावतीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

पैदल हिँडिरहेकी कलावतीलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

मोरङ: धनपालथान गाँउपालिका- ७ स्थित धनपाल गेट नजिकै हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया कलावती मण्डल रहेकी छिन्।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो। प्रदेश१-०४-००१ प ८८९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी उनलाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको हो।

दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

असोज ४, २०७९ मंगलबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।