प्रतिनिधि सभाको समानुपातिकका लागि २७ राजनीतिक दलले बुझाए बन्दसूची, बागमतीमा २० दलको बन्दसूची

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधि सभामा २७ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन्।
सोमबार राति १० बजेसम्म २७ राजनीतिक दलले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, प्रदेश १ मा १६, मधेश प्रदेशमा १६, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १३ पार्टीले बन्दसूची बुझाएका छन्।
सोमबार रातभर काम गरेर भए पनि पार्टीहरूको बन्दसूचीको विवरण टुंगो लगाउने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएको छ।
असोज ३, २०७९ सोमबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।