महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाद्वारा राजीनामा घोषणा

काठमाडौंः साफ महिला च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा घोषणा गरेका छन्।
सोमबार भएको फाइनल खेलपछि पत्रकारहरूसँग कुरा थापाले राजीनामा घोषणा गरेका हुन्। उनले अरुलाई मौका दिन टिम छाड्न लागेको बताए।
‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिनँ,’ उनले भने, ‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो, तर त्यो पूरा हुन सकेन, त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ।’
सोमबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।
यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
असोज ३, २०७९ सोमबार २२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।