हामीले कम्युनिष्ट आन्दोलन जोगायौंः मन्त्री चौधरी

हामीले कम्युनिष्ट आन्दोलन जोगायौंः मन्त्री चौधरी

काठमाडौंः शहरी विकास मन्त्री मेटमणि चौधरीले विद्रोह गरेर नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको बताएका छन्।

एकीकृत समाजवादी कास्कीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जनताले बलिदानीबाट बनाएको संघीय गणतन्त्रात्मक संविधानमाथि ओली नेतृत्वको एमालेले हमला गरेकाले आफूहरू विद्रोह गरेरकाले कम्युनिष्टप्रति पैदा भएको अविश्वास विद्रोह गरेर जोगाएको बताए।

‘जनतामा कम्युनिष्टहरुले संविधान मान्दैनन् भन्ने मनोविज्ञान तयार हुन थाल्यो, अर्थात् एमालेकै कारण कम्युनिष्ट आन्दोलन जोगिने अवस्था थिएन,’ उनले भने, ‘तसर्थ कुनै पनि मुल्यमा कम्युनिष्ट आन्दोलन हामीले जोगाउनै पर्ने भयो, यसकारण एकीकृत समाजवादी विकल्प बन्न पुग्यो।’ 

दलहरुमा मुलुक चलाउने राजनीतिक संस्कार नभएको भन्दै मन्त्री चौधरीले कांग्रेसको बहुमत हुँदा होस् या कम्युनिष्टको दुई तिहाइ हुँदा होस्, सरकार चल्न नसकेको बताए।

मुलुकमा संकट पर्दा सधै पार्टीहरू एक भएको बताउँदै मन्त्री चौधरीले सबै मिल्दा मात्र संविधान विरोधीलाई परास्त गर्न सकिने बताए। ठूला दलमा राजनीतिक चेतना नभएको र उनीहरूप्रति जनतामा विश्वास पनि नभएकाले मन्त्री चौधरीले अबको विकल्प एकीकृत समाजवादी पार्टी भएको बताए।

असोज ३, २०७९ सोमबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।