सात बजेसम्म ११ पार्टीले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, ठूला पार्टीको नामै छैन

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधि सभामा ११ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन्।
सोमबार साँझ ७ बजेसम्म ११ राजनीतिक दलले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।
बन्दसूची बुझाउने पार्टीहरूमा नेपाल समावेशी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी नेपाल रहेका छन्।
यस्तै, साँझ ७ बजेसम्म प्रदेश १ मा ७, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ पार्टीले बन्दसूची बुझाएका छन्।
आयोगले सोमबार रातभर काम गरेर भए पनि पार्टीहरूको बन्दसूचीको विवरण लिने यसअघि नै बताइसकेको छ।
असोज ३, २०७९ सोमबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।