बंगालदेशसँग इतिहासमै पहिलो पटक हार्‍यो नेपाल, साफ महिला च्याम्पियनसिपको उपाधि पनि गुमायो

बंगालदेशसँग इतिहासमै पहिलो पटक हार्‍यो नेपाल, साफ महिला च्याम्पियनसिपको उपाधि पनि गुमायो

काठमाडौंः नेपाललाई ३–१ गोलले पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्दै बंगलादेशले च्याम्पियनसिपको उपाधि जितेको हो।

बंगलादेशका लागि शामसुनाहर र श्रीमोती सरकारले गोल गरे। नेपालका लागि अनिता बस्नेतले सात्त्त्वना गोल फर्काइन्।

खेलको १४औं मिनेटमा शामसुनाहर र ४२औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए।

७०औं मिनेटमा अनिताले नेपाललाई २–१ को अवस्थामा पुर्याए पनि सात मिनेटपछि बंगलादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बंलादेशलाई ३–१ को अवस्थामा पुर्याइन्।

दुई देशबीचको महिला टीमबीच अहिलेसम्म भएका आठ खेलमा नेपाल अपराजित थियो। आठ खेलमध्ये नेपाल छ प्रतिस्पर्धामा विजयी रहेको थियो भने दुई बराबरीमा टुंगेको थियो।

नेपालले बंगलादेशविरुद्धका सुरुआती चार खेल लगातार जितेको थियो। प्रारम्भिक वुमेन्स ओलम्पिक छनोटमा १–१ को बराबरी खेलेको थियो। त्यसपछि नेपाल फेरि दुई खेलमा विजयी रह्यो।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको अन्तिम खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो। यी आठ खेलमा नेपालले जहाँ १४ गोल गरेको थियो भने दुई गोल मात्र खाएका थियो।

असोज ३, २०७९ सोमबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।