राउन्ड टेवल इन्टरनेशनलद्वारा गहनापोखरी क्षेत्र सरसफाई

काठमाडौंः हडिगाउँको गहनापोखरी वरपरको क्षेत्रमा सोमबार सरसफाई गरिएको छ।
डेंगुको संक्रमणलाई ध्यानमा राखेर राउन्ड टेवल इन्टरनेशनल वेस्ट च्यालेन्जले त्यस क्षेत्रको सरसफाई र सचेतना फैलाइएको संस्थाका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले जानकारी दिए।
त्यसैगरी गहनापोखरी वरिपरि र खेलमैदान नजिकैकै प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो।
कार्यक्रममा राउण्ड टेवल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याक चियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता थियो।
त्यस्तै देशभरबाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेवल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिए।
असोज ३, २०७९ सोमबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।