चाडबाडमा सेगवेको अफर, १० हजार छुटसहित निःशुल्क बीमा

काठमाडौंः चाडबाडको समयमा सेगवे सवारी साधनले छुट र पुरस्कारहरू उपलब्ध गराउने भएको छ।
‘यो दशैं/तिहार, सेगवेको साथ उपहार ७’ अफर ल्याएको कम्पनीले कुनै पनि सेगवेको उत्पादन किन्दा १० हजार रूपैयाँ नगद छुट, निःशुल्क बीमासहित विभिन्न पुरस्कार उपलब्ध गराउने भएको हो।
साथै, ग्राहकले लक्की ड्रमार्फत दुर्य जनाले किक स्कुटर, दुई जनाले स्मार्ट फोन, पाँच जनाले स्मार्ट घडी जित्नेछन् भने एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र ईएमआईको पनि सुविधा छ।
असोज ३, २०७९ सोमबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।