विवेकशील अभियानले बागमती प्रदेशमा सरकार बनाउने, घोषणा गर्‍यो ‘मिसनबागमती’

विवेकशील अभियानले बागमती प्रदेशमा सरकार बनाउने, घोषणा गर्‍यो ‘मिसनबागमती’

काठमाडौंः विवेशील अभियानले बागमती प्रदेशमा सरकार बनाउने भएको छ।

बुधबार बसेको अभियानको भेलाले प्रदेशलाई समृद्ध बनाउन कसरी काम गर्नुपर्छ भनेर देखाउन बागमती प्रदेशमा सरकार बनाउन लागेको जनाएको हो।

अभियानले सशक्त प्रदेशहरू नबनेसम्म समृद्ध देश नबन्ने निष्कर्ष निकाल्दै मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा लगाउने निर्णय गरेको हो।

‘जुन उद्देश्यका साथ प्रदेशहरू बने, त्यसको सही प्रयोग हुन् पाएको छैन,’अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सक्षम, ईमान्दार र क्षमतावान् नेतृत्व प्रदेश स्तरको नेतृत्वमा नपुगेसम्म प्रदेशहरूले आफ्नो सम्भावना र सामर्थ्यलाई देखाउन सक्ने छैनन्।’

अब पनि प्रदेशले डेलिभरी गर्न नसके प्रदेश संरचनामा प्रश्न उठ्ने र संविधानलाई नै असफल बनाएर अस्थिरत निम्त्याउने तर्फ दे
श अघि बढ्ने भन्दै अभियानले सबल नेतृत्वका साथ आफूहरू आएको दाबी गरेको छ।

‘पाइला’ चुनाव चिन्ह लिएर निर्वाचनमा जान लागेको अभियानले २० वर्षीय युवा प्रभाष बस्न्यातले नेतृत्व गरेको साझा पार्टी, नेपाल आफ्नो आधिकारिक पार्टी हुने जनाएको छ।

असोज ३, २०७९ सोमबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।