अशोक लेल्याण्डकाे दुई चरणमा ‘लोन मेला’, हरेक गाडी फाइनान्समा उपलब्ध गराउने

काठमाडौंः आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ‘लोन मेला’ आयोजना गर्ने भएको छ।
काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म गरी दुई चरणमा सम्पन्न हुने मेलाको फाइदा ग्राहकले लिन सक्नेछन्।
ग्राहकलाई फाइनान्स सुविधा दिँदै आएको कम्पनीले साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरूमा पनि यो सुबिधा उपलब्ध गराएको छ।
नेपालभरका सम्पूर्ण शाखाहरूबाट यो सुविधा लिन सकिने छ। मेलामा अशोक लेल्याण्ड गाडीहरूका लागि कम ब्याजदरमा अधिकतम फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिन्छ।
असोज ३, २०७९ सोमबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।