नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीले पठाए शुभकामना, के भने ?

काठमाडौंः नेपालले संविधान दिवस मनाइरहँदा अमेरिकी विदेशीमन्त्री ब्लिंकेनले नेपाललाई शुभकामना सन्देश पठाएका छन्।
सोमबार नेपालस्थित अमेरिकी दूतावासले उक्त शुभकामना सन्देश सार्वजनिक गर्दै नेपाल र अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहेको भन्दै अनन्तकालसम्म यो सम्बन्ध अझै मित्रतापूर्ण भइरहने विश्वास गरेको छ।
संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना दिँदै ब्लिंकेनले अमेरिकाको विभिन्न सामाजिक तथा आर्थिक पाटोहरूमा नेपालीहरूको योगदान बढ्दै गएको अवस्थामा एउटा बलियो जनस्तरको सम्बन्धले दुई देशलाई बाँधेको बताए।
यो वर्ष न्यानो मित्रता र कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहेको भन्दै उनले यो मित्रता आउने ७५ वर्ष वा अनन्तकालसम्म अझै बलियो हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
असोज ३, २०७९ सोमबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।