आइएमई पेबाट गोल्डस्टार जुत्ता किन्दा २० प्रतिशत छुट

आइएमई पेबाट गोल्डस्टार जुत्ता किन्दा २० प्रतिशत छुट

काठमाडौंः आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ।

सम्झौता अनुसार आइएमई पे डिजिटल दशैं तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रूपमा जोडिएको हो।

गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन एक जोडी जुत्ता प्रदान गर्नेछ।

साथै, प्रयोगकर्ताले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा २० प्रतिशत क्यासब्याक पनि पाउन सक्नेछन्।

आइएमई पेको दशैं क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन्। सो कोड प्रयोग गरी विजेताहरूले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन्। 

यद्यपि, विजेताहरूले डेलिभरी चार्ज भने स्वयं नै तिर्नुपर्नेछ।

असोज ३, २०७९ सोमबार १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।