सानिमा बैंकका ग्राहकलाई यी २० ठाउँमा ३० प्रतिशतसम्म छुट

काठमाडौंः ग्राहकलार्ई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न सानिमा बैंकले थप २० वटा मर्चेन्टहरूसँग छुटको सम्झौता गरेको छ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु/सेवाहरूको खरिदमा विशेष छुट पाउने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जनाकारी दिए।
बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेससँग सम्झौता गरेको छ।
यस्तै, बल्थली माउन्टेन रिसोर्ट, होटल यात्री, होटल द किंग्सबरी, दरबार ज्वेल्र्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एण्ड बार, आरआर फेसन वेयर, वीकेन्ड र न्यानो कलेक्शनसँग पनि सम्झौता भएको छ।
यहाँका वस्तु तथा सेवा खरिदमा सानिमा बैंकका ग्राहकले १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।
असोज ३, २०७९ सोमबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।