दशैं र तिहारलक्षित सुजुकीको ’पर्वोत्सव’ ‍योजना सुरु, दुई लाखसम्म नगद छुट 

दशैं र तिहारलक्षित सुजुकीको ’पर्वोत्सव’ ‍योजना सुरु, दुई लाखसम्म नगद छुट 

काठमाडौं: नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस वर्षको दशैं तिहारभरिका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख ५० हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरूमा लागू हुनेछ।

सुजुकीका विभिन्न मोडेलका कारहरू बमोजिम फरक फरक हिसाबका छुटहरू लागू हुनेछन्। सुजुकी ब्राण्डले एस्प्रेसो, वागेनआर, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेजा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू बिक्री वितरण गर्दै आएको छ।

असोज ३, २०७९ सोमबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।