सुनको मूल्य घट्यो, आठ महिनायताकै सस्तो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य पनि घटेर ९० हजार ९०० पुगेको छ।
सुनको यो मूल्य आठ महिनायताकै सस्तो हो। पछिल्लो पटक सुन सबैभन्दा सस्तिएको पुष २६ गते हो। यसदिन छापावाल सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो। चाँदीको आजको मूल्य एक हजार १७५ रुपैयाँ कायम भएको छ।
असोज ३, २०७९ सोमबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।