आज महिला साफको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं: महिला साफ च्याम्पियनशिपको फाइनल खेल आज हुँदैछ। आज साँझ ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बङ्गलादेश फाइनलका लागि भिड्नेछन्।
महिला साफको फाइनलमा यी दुवै टोली पहिलो पटक पुगेका हुन्। त्यसैकारण आज जुन टोलीले खेल जिते पनि महिला साफले १२ वर्षे इतिहासमा नयाँ विजेता पाउनेछ।
हालसम्मका पाँच संस्करणमा भारतले उपाधि जितेको थियो। यो छैटौँ संस्करण हो।
आजको खेलमा नेपालसँग सेमिफाइनलमा भारलाई हराएको आत्मविश्वास छ। यस्तै बङ्गलादेशविरुद्ध यसअघिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको अनुभव पनि छ। नेपालले चार पटक महिला साफको फाइनल खेलेको र उपविजेता भएकाले पनि यसपटक उपाधि भिडन्तमा लागिपर्ने देखिएको छ।
यता बङ्गलादेशको टोलीले पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। भुटानलाई सेमिफाइनलमा ८-० गोलअन्तरले पराजित गरेकाले पनि बङ्गलादेशी टोली नेपालको लागि तगारो बन्नसक्ने देखिएको छ।
असोज ३, २०७९ सोमबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।