आज संविधान दिवस, देशभर सार्वजनिक बिदा

आज संविधान दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं: आज असोज ३ गते अर्थात् संविधान दिवस। २०७२ सालमा आजकै दिन जननिर्वाचित संसद्ले नेपालको संविधान, २०७२ जारी गरेको थियो।

आज देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ। यस्तै यस अवसरमा संविधान दिवस मूल समारोह समितिले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुने बताइएको छ।

संविधान दिवसकै अवसरमा आज देशभर सार्वजनिक बिदा पनि रहेको छ।

असोज ३, २०७९ सोमबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।