एमालेले तयार पार्यो समानुपातिक सूची, सोमबार बुझाउने

काठमाडौँ : एमालेले आगामी निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतिका लागि उम्मेदवारको नाम तयार पारेको छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम तयार पारेको हो।
एमालेले बन्द सूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ। पार्टीले प्रतिनिधिसभाका लागि प्रस्ताव गरेको १ सय १० जनामध्ये आदिवासी जनजातिबाट ३२, खस आर्यबाट ३४, थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना छन्।
एमालेले सात वटै प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची समेत आइतबारै तयार पारेको छ।
पार्टीका अनुसार यसअघि समानुपातीबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकाको नाम राखिएको छैन।
असोज २, २०७९ आइतबार २२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।