चोलेन्द्रले महाअभियोगबाट सफाइ पाएको ओलीको दाबी

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लागेको महाअभियोग संसद्मा पेसै नभएकाले उनले सफाइ पाएको दाबी गरेका छन्।
संसद्को कार्यकाल सकिएसँगै महाअभियोग स्वतः असफल भएको दाबी गर्दै उनले राणालाई प्रहरी घेरामा राख्नु सरकारको गैर जिम्मेवार क्रियाकलाप भएको भन्दै आलोचना गरे।
शनिवार बेलुकाबाट संसद्को कार्यकाल सकिएपछि राणाले आइतबार सर्वोच्च अदालत फर्कन खोजेपछि उनलाई सुरक्षाकर्मीले घेरेर सरकारी निवासमै राखेका थिए।
ओलीले यसलाई अदालतमाथिको हस्तक्षेप भनेका छन्। उनले महाअभियोग दर्ता भएपछि संसद्बाटै पास या फेल हुनुपर्ने भन्दै उनले सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६ महिनासम्म अड्काएर राखेको भन्दै आलोचना गरे।
उनले अब संसद् सचिवालयले संसद्ले पास गर्न नसकेको भनेर पत्र दिनुपर्ने भन्दै सरकारले प्रधानन्यायाधीशको निवास घेर्नु गैरजिम्मेवारपूर्ण काम भएको तर्क गरे।
असोज २, २०७९ आइतबार २२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।