सरकारले जलन समस्यालाई एसिड आक्रमण मात्र बुझेकोमा विज्ञहरू असन्तुष्ट

काठमाडौँ : जानकारहरूले जलन सम्बन्धी समस्यामा कानुनी जटिलता रहेको बताएका छन्। आइतबार राजधानीमा भएको कार्यक्रममा सहभागीहरूले कानुनमै संशोधन गर्नुपर्ने धारणा राखेका थिए।
एसिड सम्बन्धी समस्या सम्बोधनका लागि सरकारले नयाँ कानुन ल्याए पनि अन्य जलन सम्बन्धी समस्यालाई भने सम्बोधन नगरेको उनीहरूको धारणा थियो।
‘जलनका पक्ष, कानुन र हाम्रो सरोकार ’ विषयमा भएको छलफल नेपाल जलन फाउन्डेसनको आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले मट्टितेल आक्रमण लगायतका जलन सम्बन्धी समस्यालाई सरकारले चासो नदेखाएको र यसको उपचारतर्फ समेत ध्यान नदिएको बताएका थिए।
कार्यक्रममा पाटन उच्च अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेल, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोकी प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह चन्द, नेपाल ल क्याम्पसका उपप्राध्यापक तथा अधिवक्ता डा. रमेश पराजुली, लायन्स स्किन बैङ्कका अध्यक्ष लायन अनन्त प्रसाद भेटुवाल र फाउन्डेसनका अध्यक्ष प्रा.डा. पीयूष दाहाल लगायत वक्ताहरूले जलनसम्बन्धी धारणा राखेका थिए।
कार्यक्रममा विद्यार्थी, प्रहरी, विषय विज्ञ लगायतको सहभागिता थियो।
असोज २, २०७९ आइतबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।