टुकुचाको बहाव क्षेत्र खोज्ने महानगरको अभियानमा उच्च अदालतको छिर्ने, संरचना भत्काउन रोकेर छलफलमा बोलायो

टुकुचाको बहाव क्षेत्र खोज्ने महानगरको अभियानमा उच्च अदालतको छिर्ने, संरचना भत्काउन रोकेर छलफलमा बोलायो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको टोली हात्तीसार क्षेत्रमा टुकुचाको रूपमा परिचित इच्छुमती खोज्न सक्रिय रहेको बेला उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनेको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ।

प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गर्यो।

महानगरपालिकाले भने कमलादीदेखि जय नेपाल हलसम्म पुरिएको खोलाको बहाव क्षेत्र खोज्न सक्रिय छ। महानगरले जय नेपाल सिनेमा हलको आँगन र लक्ष्मी बैङ्कको  आँगन खोतलेर टुकुचाको बहाव क्षेत्रको पहिचान गरिसकेको छ भने आइतबार हात्तीसार क्षेत्रमा खोजी गरिरहेको छ।

आइतबारै अदालतले भने असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। अदालतले प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएको भन्दै महानगरलाई तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको हो।

असोज २, २०७९ आइतबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।