जापानमा शक्तिशाली तुफान, ४० लाखलाई तत्काल अन्यत्र सार्न निर्देशन 

जापानमा शक्तिशाली तुफान, ४० लाखलाई तत्काल अन्यत्र सार्न निर्देशन 


एजेन्सी : दक्षिण जापानमा शक्तिशाली तुफानका कारण कम्तीमा ४० लाख मानिस अन्यत्र सार्न निर्देशन दिएको छ। आइतबार नान्माडोल नामक तुफान दक्षिण जापानको याकुशिमा नजिक पुग्न लागेको भन्दै त्यहाँको स्थानीय सरकारले कम्तीमा ४० लाख मानी तत्काल अन्यत्र सार्न निर्देशन दिएको हो।

हाल सो तुफान जापानको क्यु क्षेत्रतर्फ गइरहेको बताइएको छ। तुफानका कारण सो क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा भएको बताइएको छ। प्रतिघण्टा १ सय ६२ किलोमिटर वेगमा सो क्षेत्रमा तुफान आएको त्यहाँको मौसम विभागले जनाएको छ। 

सो तुफान प्रतिघण्टा २ सय ५० किलोमिटरको वेगसम्म पुग्ने जनाइएको छ। स्थानीय मिडिया एनएचकेका अनुसार तटीय क्षेत्र र सो आसपासबाट कम्तीमा ४० लाख मानिस तत्काल उद्धार गर्न स्थानीय सरकारले निर्देशन दिइसकेको छ। 

तुफानका कारण पहिरो र बाढीको अनुमान गरिएको छ। तुफानका कारण कतिपय क्षेत्रमा हाल विद्युत् अवरोध भएको र त्यहाँको जनजीवन प्रभावित बनेको बताइएको छ। यद्यपि, तुफानका कारण हालसम्म कुनै पनि क्षतिको विवरण प्राप्त नभएको बताइएको छ ।

असोज २, २०७९ आइतबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।