निलम्बित प्रधानन्यायाधीश राणाले भने– ‘सरकारले मलाई नजरबन्दमा राख्यो’

निलम्बित प्रधानन्यायाधीश राणाले भने– ‘सरकारले मलाई नजरबन्दमा राख्यो’

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूलाई सरकारले नजरबन्दमा राखेको बताएका छन्।

सर्वोच्च अदालत जाने तयारीमा रहेको बेलामा सरकारले बाहिरबाट ताला लगाएपछि उनले एक टेलिभिजसँगको कुराकानीमा आफूलाई सरकारले नजरबन्दमा राखेको बताएका हुन्।

‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो,’ उनले भने, ‘सरकारले मलाई नजरबन्दमा राख्यो, निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।’

उता, सर्वोच्च प्रशासनले प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिन निर्देशन दिइसकेको छ।

नेपाल बार एशोसिएशनको आकस्मिक बैठकले पनि जबरालाई सर्वोच्च छिर्न नदिने र गेटमै धर्ना बस्ने निर्णय गरेको छ

असोज २, २०७९ आइतबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।