
सुन्धारमा टेलिकम शाखामा इ–सिम लिनेको व्यापक भिड, ५० जनाको कोटा हट्यो

काठमाडौंः नेपाल टेलिकमले आइतबारदेखि कार्यालय समयभर इ–सिम वितरण गर्ने भएको छ।
शुक्रबार ५० जनलाई मात्र वितरण गरिएको इ–सिम आइतबारदेखि असीमित रूपमा वितरण थालिएको टेलिकमले जनाएको छ।
शुक्रबार पहिलो दिन र परीक्षण भएकाले पनि थोरै सीमित संख्यामा मात्र वितरण गरिएको सुन्धारा शाखाकी कार्यालय प्रमुख सरिता महर्जनले जानकारी दिइन्।
शुक्रबार वितरण गरिएको सिममा समस्या नदेखिएसँगै आइतबारबाट कार्यालय सममयसम्म आएका निवेदनका आधारमा सिम वितरण गरिने उनले बताइन्।
टेलिकमले इ–सिम वितरणको सूचना दिएसँगै शुक्रबार टेलिकममा ग्राहकको भिड लागेको थियो भने आइतबार पनि बिहानैदेखि सुन्धारा शाखामा ग्राहकको भिड देखिएको छ।
टेलिकमले तत्कालका लागि सुन्धाराबाट मात्र इ–सिम वितरण थालेको छ।
असोज २, २०७९ आइतबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।