सुनको मूल्य तोलामा तीन सय रूपैयाँले बढ्यो

सुनको मूल्य तोलामा तीन सय रूपैयाँले बढ्यो

काठमाडौंः साताको पहिलो दिन सुनको मूल्यमा तोलामा ३ सयले बढेको छ।

शुक्रबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तीन सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

यस्तै, चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँले वृद्धि भएर ११ सय ८५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

असोज २, २०७९ आइतबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।