चोलेन्द्र फर्कने भनेपछि गर्मायो सर्वोच्च परिसरको माहोल, ठूलो संख्या प्रहरी परिचालन

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आइतबार अदालत फर्कने भनेपछि सर्वोच्च अदालत परिसरको माहोल गर्माएको छ।
अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सत्ता गठबन्धन समर्थक कानून व्यवसायीहरु उनलाई रोक्ने बताइसकेका छन्। बार एशोसियशनका पदाधिकारीहरूले पनि राणालाई फर्कन नदिने भनिसकेका छन्।
अदालतका परिसरमा प्रहरी परिचालन गरिनुका साथै सञ्चारकर्मी र त्यहाँको अवस्था हेर्न सर्वसाधारणको समेत भिड लागेको छ।
निलम्बित प्रधानन्यायाधीश राणाले संसदको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग प्रस्ता निष्क्रिय भएको अडान राखेर आइतबार अदालत आउने जानकारी गराएका थिए।
उनी अदालत फर्कने जानकारी आएसँगै बार एशोसिएशन र सर्वोच्चका पदाधिकारी उनलाई रोक्न सक्रिय भएर लागेका छन्।
असोज २, २०७९ आइतबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।