एकैदिन काठमाडौंका २२ सय ३५ सवारी चालक कारबाहीमा

एकैदिन काठमाडौंका २२ सय ३५ सवारी चालक कारबाहीमा

काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन २२ सय ३५ सवारी चालक कारबाहीमा परेका छन्।

उपत्यकाका विभिन्न स्थानमा स्थानबाट ट्राफिक नियम उल्लंघन गर्ने २२ सय ३५ जनालाई ट्राफिक प्रहरीले शनिबार कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८६ जनालाई कारबाही गरेको छ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ५८ जना, हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३५ जना, सडक लेन उल्लङ्घन गर्ने २६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना गरी सवारी चलाउन आग्रहसमेत गरेको छ।

असोज २, २०७९ आइतबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।