युक्रेनमा आणविक हतियार प्रयोग नगर्न पुटिनलाई बाइडेनकाे चेतावनी

एजेन्सीः अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन्।
युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताएका हुन्।
यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा बाइडेनले यस्तो बताएका हुन्।
युक्रेनले पश्चिमी सहयोगीहरूले सहयोग गरेको भारी हतियारहरूको कारण हालैका हप्ताहरूमा रुसी सेनाको कब्जाबाट पूर्वको केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ। पश्चिमी सहयोगीहरूले आपूर्ति गर्ने भारी हतियारहरूको कारण बढेको छ।
रसियाको कब्जामा रहेको इज्युम शहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ।
तर, पुटिनले रूसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएक छन्।
असोज १, २०७९ शनिबार २१:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।