एमाले र लोसपा राणामाथि महाअभियोग लगाउन नहुने पक्षमा, बहुमत पक्षमा

एमाले र लोसपा राणामाथि महाअभियोग लगाउन नहुने पक्षमा, बहुमत पक्षमा

काठमाडौँ  : महाअभियोग सिफारिस समितिमा रहेका एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूको असहमतीकाविच समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने निर्णय गरेको छ।

समितिमा रहेका ११ सदस्यमध्ये ६ जना महाअभियोग लगाउने पक्षमा उभिए। एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले फरक मत राखे।

समितिको सिफारिस स्वीकार गर्न नसक्ने भन्दै एमालेले समितिमा आठ बुँदे फरक मत राखेको छ। एमालेका सांसदहरूले छानबिनै नसकिएकाले महाअभियोगबारे निर्णयमा पुग्नु गलत हुने तर्क राखेका थिए।

तर समितिका बहुमत सदस्य महाअभियोग लगाउने निर्णयमा पुगेकाले समितिले आजै प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउँदै छ। आज मध्यरातबाट प्रतिनिधि सभाको कार्यकाल सकिँदै छ।

पाँच दलीय गठबन्धनको तर्फबाट राणाविरुद्ध २०७८ फागुन १ मा ९८ सांसदले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। फागुन १८ मा सिफारिस समिति बनेको थियो।

मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषण भएपछि मात्रै साउन २२ मा प्रस्ताव सिफारिस समितिमा पुगेको थियो।

समितिले राणासँगै बयान लिएर उनले पोलेका न्यायाधीश र नेता बाहककालाई समितिमा बोलाएर बयान लिएपछि प्रतिवेदन तयार पारेको हो। 

असोज १, २०७९ शनिबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।