समानुपातिक तर्फका उम्मेदवारको नामावली आइतबार तयार पार्ने एमालेको निर्णय

काठमाडौंः एमालेले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको नामावली आइतबार तयार गने भएको छ।
शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरूका बारेमा जानकारी गराएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
विविध मापदण्ड, समावेशीता र क्लस्टरलाई ध्यानमा राखेर संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरूको सूची बनाउनेबारे छलफल भएको उनले बताए।
त्यस्तै, बैठकले अछाम जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै उद्दार तथा राहतका लागि सरकारसँग माग गरेको छ।
बैठक पुनः भोलि बिहान ११ बजे बस्नेछ।
असोज १, २०७९ शनिबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।