‘राष्ट्रिय सभा अध्यक्ष भएर त मैले परिवर्तन गर्न सकिन, स्वतन्त्रले झनै सक्दैनन्’

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जितेर पनि काम गर्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एका कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्था भएको मुलुकमा स्वतन्त्र उम्मेदवारले जितेर संसदीय प्रणालीमा केही काम गर्न नसक्ने बताए।
‘बहुदलीय व्यवस्था भएको देशमा स्वतन्त्र उम्मेदवारले जितेर केही पनि काम गर्न सक्दैन,’ उनले भने, ‘उनीहरूले संसद्मा बोलेर अलिकति चेतना जगाउन मात्र सक्छन्।’
नियम र कानूनका कारण आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि आम रूपमा परिवर्तन ल्याउन नसकेको भन्दै उनले स्वतन्त्रहरूले झनै नसक्ने बताए।
‘म राष्ट्रिय सभा अध्यक्ष भएर कानून र नियमका कारण देशमा परिवर्तन गर्न सकिन,’ उनले थपे, ‘कार्यकारी अधिकार नभएको हाम्रोजस्तो मुलुकमा स्वतन्त्रले जितेर त झनै काम गर्न सक्दैनन्।’
अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको भन्दै पार्टीलाई नै सही मार्गमा हिडाउँन भूमिका खेल्नुपर्ने बताए।
असोज १, २०७९ शनिबार १९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।