प्रतिनिधि सभाको ११औं अधिवेशन शनिबार रातिदेखि अन्त्य

प्रतिनिधि सभाको ११औं अधिवेशन शनिबार रातिदेखि अन्त्य
तस्बिर- सभामुखकाे सचिवालय

काठमाडौंः प्रतिनिधि सभाको चालु ११औं अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

शनिबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै यसको जानकारी दिएका हुन्।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

यो अधिवेशन २०७४ सालमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अन्तिम अधिवेशन हो। सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरिसकेको छ।

असोज १, २०७९ शनिबार १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।