१५ वर्षीया किशोरीमाथि क्याफेमा बलात्कार, १८ वर्षीय किशोर पक्राउ

१५ वर्षीया किशोरीमाथि क्याफेमा बलात्कार, १८ वर्षीय किशोर पक्राउ

भक्तपुरः १५ वर्षीया बालिकालाई बलात्कारको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका–१ दुधपाटी बस्ने १८ वर्षीय किशोर छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो बलात्कार गरेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज १, २०७९ शनिबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।