‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ बन्ने

‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ बन्ने

काठमाडौंः राजधानीको डल्लुमा भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शनिबार डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गरेका छन्।

साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरू सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताए। कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ।

कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्नसमेत सकिनेछ।

स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने मन्त्री श्रेष्ठले बताए। निर्माण ९ महिनाभित्र सम्पन्न हुनेछ।

असोज १, २०७९ शनिबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।