कोरोना संक्रमितको संख्या दुई अंकमा झर्यो

काठमाडौंः कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ३ हजार ७४० जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १३१ जना संक्रमणमुक्त हुँदा देशभर १ हजार ९६६ जना सक्रिय संक्रमित छन्।
यसदिन कोरोनाबाट कसैको पनि ज्यान गएको छैन भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्यासमेत मन्त्रालयसँग उपलब्ध नभएको उल्लेख छ।
असोज १, २०७९ शनिबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।