इजरायली सेनाको क्षेप्यास्त्रबाट पाँच सिरियाली सैनिकको मृत्यु

इजरायली सेनाको क्षेप्यास्त्रबाट पाँच सिरियाली सैनिकको मृत्यु

एजेन्सी: इजरायली सेनाले शुक्रबार मध्यरातमा सिरियाको राजधानी दमास्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिकस्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ।

बेलायतस्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण ईलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो।

त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित बताइएको छ।

असोज १, २०७९ शनिबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।