सडकबाट २५ मिटर तल खस्यो जीप, चालकको मृत्यु

सडकबाट २५ मिटर तल खस्यो जीप, चालकको मृत्यु

तनँहु: भिमाद नगरपालिका- ५ मिछलुङ मडुवामा गए राति जीप अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल खस्दा चालकको मृत्यु भएको छ। परिचालक भने सकुशल रहेका छन्।

स्याङजाको हरिनास गाउँपालिका- ५ का अन्दाजी ४२ वर्षीय केशबहादुर थापाको मृत्यु भएको हो। जीपका परिचालक तनँहुकै ऋषिङ गाउँपालिका- ३ का २६ वर्षीय विकास परियारको अवस्था भने सामान्य रहेको छ।

ऋषिङबाट भिमादतर्फ आउँदै गरेको ग३च २१२९ नम्बरको जीप गए राति पौने ११ बजे अनियन्त्रित भई पल्टिएको ईलाका प्रहरी कार्यालय भिमादले जनाएको छ।

असोज १, २०७९ शनिबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।