चीनको ४२ तले भवनमा भीषण आगलागी, ३१६ अग्निनियन्त्रकले निभाइयो आगो

चीनको ४२ तले भवनमा भीषण आगलागी, ३१६ अग्निनियन्त्रकले निभाइयो आगो

एजेन्सीः चीनको केन्द्रीय शहर चाङ्शास्थित एक ४२ तले गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजेर ४३ मिनेटमा हुनान प्रान्तको चाङ्शास्थित ४२ तले गगनचुम्बी भवनमा भीषण आगलागी भएको स्थानीय मिडियाले जनाएका छन्।

चाङ्शा शहरको फुरोङ जिल्लामा रहेको लोटस गार्डेन चाइना टेलिकमको ४२ तले भवनमा आगलागी भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। आगलागीपछि सो क्षेत्रको आकाशमा धुँवाको मुस्लो उडेको थियो।

चाङ्शाका झण्डै ३१६ अग्निनियन्त्रकयन्त्रबाट आगलागी निभाइएको थियो। आगलागीबाट मानवीय क्षति भने नभएको समाचारमा उल्लेख छ।

चाङ्शाको सबैभन्दा अग्लो मानिने सो भवन सन् २००० मा निर्माण सम्पन्न भएको थियो। सो भवनको उचाई २१८ मिटर रहेको छ।

भदौ ३१, २०७९ शुक्रबार २२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।