बाबुराम भेट्न टाेखा पुगे प्रचण्ड, गम्भीर वैचारिक र राजनीतिक छलफल (तस्बिरहरू)

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखास्थित उनको निवासमा पुगेका छन्।
शुक्रबार साँझ अध्यक्ष दाहाल भट्टराईलाई भेट्न उनको निवासमा पुगेका हुन्। भेटमा गम्भीर वैचारिक र राजनीतिक छलफल भएको समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो समयपछि क. प्रचण्डसँग गम्भीर वैचारिक–राजनीतिक छलफल! पारिवारिक वातावरणमा केही रमाइलो पनि! युगीन(नाति) प्रचण्ड हबासँग दङ्ग।’
डा. भट्टराईले ७ वर्षपछि पुनः माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्दैछन्। नेपालको संविधान २०७२ जारी भएपछि तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट अलगिएर उनले नयाँ शक्ति पार्टी गठन गरेका थिए।
त्यसपछि अध्यक्ष दाहाल र भट्टराई एउटै दल वा एउटै चुनाव चिन्हमा कहिल्यै निर्वाचन लडेका छैनन्। केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरू संविधान रक्षाका लागि भन्दै एउटै खेमामा थिए।
भदौ ३१, २०७९ शुक्रबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।