लण्डनको मध्य भागमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार

एजेन्सीः मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ।
लण्डनको वेस्ट इन्डमा रहेको लेस्टर स्क्वायर नजिकै प्रहरीमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट घाइते भएका दुई अधिकारीको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।
आक्रमणकारीलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो। आक्रमणकारीलाई आपतकालीन कामदारमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइने समाचारमा उल्लेख छ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्न लाखौं मानिस आउने तयारी गरिरहेका बेला यो घटना भएको हो।
सर्वसाधारणलाई सुरक्षित राख्न प्रहरी अधिकारीहरू आगामी केही दिन लण्डनभरि तैनाथ रहनेछन्।
भदौ ३१, २०७९ शुक्रबार २२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।