सुदूरपश्चिमका दुई सांसदलाई साढे दुई महिना मन्त्री हुने रहर

सुदूरपश्चिमका दुई सांसदलाई साढे दुई महिना मन्त्री हुने रहर
तस्बिर- इकान्तिपुर

काठमाडौंः निर्वाचनको मिति नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई राज्यमन्त्री नियुक्त गरेका छन्।

प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए।

सोडारी र बुढाथोकी एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री भट्टको सिफारिसमा उनीहरूलाई राज्यमन्त्रीको शपथ गराएका हुन्।

अहिले मन्त्री बनेकाहरूको कार्यकाल बढीमा साढे दुई महिना हुनेछन्। मंसिर ४ गते सरकारले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोकिसकेको छ।

भदौ ३१, २०७९ शुक्रबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।