भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने

भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश, उपाधिका लागि बंगलादेशसँग भिड्ने
तस्बिर- एन्फा

काठमाडौंः भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई १–० गोलले पराजित गर्दै  नेपाल फाइनल प्रवेश गरेको हो।

जितका लागि पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीकुमारी घिसिङले गरेको गोल नै निर्णायक भयो।

जितसँगै नेपालले उपाधिका लागि साेमबार बंगलादेशसँग भिडनेछ।

शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलले पराजित गर्दै फाइनल पुगेको थियो।

भदौ ३१, २०७९ शुक्रबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।