आइएमई इस्योरेन्स र इसान अस्पतालबीच सम्झौता

आइएमई इस्योरेन्स र इसान अस्पतालबीच सम्झौता

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स र इसान बाल तथा महिला अस्पताल बीच सम्झौता भएको छ।

सम्झौतापत्रमा इस्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका तर्फबाट निर्देशक रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे।

सम्झौतापछि आइएमई इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म इसान अस्पतालबाट उपचार हुनेछ।

भदौ ३१, २०७९ शुक्रबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।