दुई नाबालिग बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ, एक गर्भवती

काठमाडौंः १७ वर्षीया र ११ वर्षीया दुई नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक ७३ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने कपिलमनि पौडेल रहेका छन्। उनलाई शुक्रबार विहान प्रहरीले पक्राउ गरेको हो।
पौडेलले ती बालिकाहरूलाई विभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको ईलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
भदौ ३१, २०७९ शुक्रबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।