कोरोनाबाट थप एक जनाको मृत्यु, ११० जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप एक जनाको मृत्यु, ११० जनामा संक्रमण पुष्टि

काठमाडौंः शुक्रबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर २ हजार ६२ जना कोरोना संक्रमित रहँदा शुक्रबार १२६ जना निको भएका छन्।

भदौ ३१, २०७९ शुक्रबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।