
शुक्रबार ०२ साउन, २०८२
दुई घण्टाको कारोबारमा नेप्से १४ अंकले घट्यो

काठमाडौंः दुई घण्टा मात्र कारोबार भएको शुक्रबार नेप्सेमा दोहोरो अंकको गिरावट आयो।
नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा आउँदा सेन्सेटिभ परिसूचक २.२३ विन्दुले घटेर ३७१.९० विन्दुमा झरेको छ।
यसदिन २२० कम्पनीका २९ लाख १६ हजार २ सय ७२ कित्ता शेयर ९० करोड ८१ लाखको कारोबार भएको छ।
उपसूचक समूहतर्फ म्युचल फन्डबाहेक सबै समूह राताम्मे भएका छन्। म्युचल फन्ड पनि झिनो अंकले मात्र बढेको छ।
भदौ ३१, २०७९ शुक्रबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।