नेपाल लाइफले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिन प्रस्ताव

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरणको प्रस्ताव गरेको हो।
भदौ ३० मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५ प्रतिशत लाभांश शेयर र कर प्रयोजनका लागि ०.७८९५ गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको हो।
भदौ ३१, २०७९ शुक्रबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।