आइएमई दशैं अफर : दोस्रो साताको विजेता घोषणा, दैनिक र साप्ताहिक गरि नौ विजेता छनोट

काठमाडौंः चाडबाडको अवसरमा आइएमईले सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफरको दोस्रो हप्ताको विजेता घोषणा गरिएको छ।
बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका हुन्।
उनीहरूले जनही २५ हजार रूपैयाँ प्राप्त गर्ने कम्पनीले जाएको छ। त्यस्तै ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता भएका छन्। उनीहरूले एक–एक वटा सामसुङको मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नेछन्।
अहिले पनि सञ्चालित अफरअनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ। साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रूपैयाँ र अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रूपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ।
भदौ ३१, २०७९ शुक्रबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।